ओलीको नेतृत्वमा एमाले अब उभो लाग्दैनः ईश्वर पोखरेल

ओलीको नेतृत्वमा एमाले अब उभो लाग्दैनः ईश्वर पोखरेल

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षका लागि आफ्नो उम्मेदवारी पदको महत्वाकांक्षाबाट प्रेरित नभई आवश्यकता रहेकोे बताएका छन् ।

उनले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीले गति लिन नसक्ने जिकिर गर्दै नयाँ नेतृत्वको खाँचो औंल्याएका छन् । केन्द्रबिन्दु टिभीसँगको अन्तर्वार्तामा पोखरेलले भने, ‘पदको महत्वाकांक्षा राखेर मैले उम्मेदवारी दिएको होइन । अब ओलीको नेतृत्वमा एमाले उभो लाग्दैन ।’ उनले पार्टीको निरन्तरता, शुचिता र क्रियाशीलतासँग आफ्नो जीवन जोडिएको उल्लेख गर्दै नयाँ ऊर्जा र गति दिनका लागि यो कदम चालेको स्पष्ट पारे ।

मंसिर २७ देखि २९ गतेसम्म भक्तपुरमा हुने पार्टी महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्न सकिने उनको भनाइ छ । “सहमति राम्रो हुन्छ, तर नभए मैत्रीपूर्ण प्रतिस्पर्धा पनि ठीकै छ,“ उनले भने । ओलीले अभिभावकको भूमिका निर्वाह गरेर उत्तराधिकारीलाई स्थान दिएमा सहमति सम्भव हुने तर उनकै नेतृत्वमा पार्टीका समस्या सम्बोधन नहुने पोखरेलको मत छ ।

पोखरेलले पार्टीमा सामूहिक नेतृत्व, नियम–प्रक्रियाको पालना, पीढी हस्तान्तरण र आन्तरिक लोकतन्त्रलाई जोड दिए । जेनजी आन्दोलनका वैधानिक मागहरूलाई स्वीकार गर्दै उनले हिंसा र षड्यन्त्रको निन्दा गरे ।

पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको सदस्यता नवीकरणलाई सामान्य प्रक्रियाको रूपमा लिनुपर्ने उनको सुझाव छ ।

Skip This
Skip This
Logo