काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य सोम मिश्रले कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो समस्या नेतृत्व परिवर्तन नगर्नु भएको बताएका छन् ।
यो ‘ट्राफिक जाम’ जस्तो अवस्था नयाँ पुस्ताको ऊर्जालाई रोकेर पुरानालाई मात्र टिकाइराख्ने गरेको उल्लेख गर्दै मिश्रले पुराना नेताहरू जस्तै केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल र बामदेव गौतमलाई अब सल्लाहकार भूमिकामा सीमित गर्नुपर्ने सुझाव दिए ।
केन्द्रविन्दु टिभिसँगको कुराकानीमा मिश्रले २०६२÷६३ को जनआन्दोलनलाई युवा असन्तुष्टिको विद्रोह माने पनि २४ गतेको विनाशकारी घटनालाई विदेशी शक्तिको षड्यन्त्रभएको बताए भन्दै आन्दोलन पूर्ण रूपमा एमाले लक्षित रहेको पनि बताए ।
एमालेको अध्यक्ष नै प्रधानमन्त्री हुँदा रुस–चाइनसँगको नजिकाइ रोक्न पश्चिमी शक्तिहरूले यो चाल चलेको दाबी गर्दै मिश्रले पार्टीको विदेशनीति सबैसँग मित्रता, रहेको र कसैसँग शत्रुता नभएको व्याख्या गरे ।
भ्रष्टाचार र प्रशासनिक सुधारको अभावले जनअसन्तुष्टि बढेको बताउँदै मिश्रले आगामी महाधिवेशनमा नेतृत्व अद्यावधिक, नीति पुनरावलोकन र ४० वर्षमुनिका युवालाई आरक्षित सीट दिने योजना रहेको उल्लेख गरे । लोकतान्त्रिक प्रक्रियाबाट चयन हुने नेतृत्वले पार्टी मजबुत बनाउने विश्वास व्यक्त गरे ।































प्रतिक्रिया