काठमाडौँ।नेकपा एमालेले पदाधिकारी संख्या नबढाउने भएको छ। शुक्रबार झन्डै ५ घन्टा चलेको सचिवालय बैठकले पदाधिकारी संख्या यथावत राख्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार एमाले सचिवालय संख्या यथावत रहनेछ। २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीका आधारमा नेतृत्व निर्माण गर्ने निर्णय भएको छ ।
‘हाम्रो दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ मा भएको थियो । त्यही विधान महाधिवेशनको निर्णयअनुसार एमालेले नयाँ नेतृत्व चयन गर्नेछ । विभिन्न मिडियामा नेकपा एमालेले विधान संशोधन गर्छकि भन्ने समाचार पनि आएका थिए’ ज्ञवालीले भने, ‘तर, दोस्रो विधान महाधिवेशनमा जुन विधान पारित भएको छ, त्यसकै आधारमा नेतृत्व चयन गर्ने निर्णय भएको छ ।’































प्रतिक्रिया