कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गजुरेलले यही मङ्सिर २६ गते राति १२ः३० बजे काठमाडौँ सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तल्लामा रहेको नेपाल होलिडे टे«क एण्ड ट्राभल्सको कार्यालयबाट चोरी गरेको पाइएको छ । गजुरेलले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित राज फाइनान्सबाट पनि यही मङ्सिर २४ गते चोरी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले आरोपी गजुरेलबाट नगदसहित खैरो रङको व्याग, चोरी गर्दा प्रयोग गरेको हरियो रङ्को हुडी, क्यानन क्यामेरा, हार्ड ड्राइभलगायतका सामग्री बरामद गरेको छ ।

Skip This
Skip This
Logo