पार्टीभित्र ठूलो षड्यन्त्र भएको शेरधन राईको भनाई

पार्टीभित्र ठूलो षड्यन्त्र भएको शेरधन राईको भनाई

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पार्टीभित्र ठूलो षड्यन्त्र भएको गम्भीर आरोप लगाएका छन् । केन्द्रविन्दु टिभीसँगको विशेष अन्तरवार्तामा राईले भने, “नक्कली जेनजीहरूले केपी ओलीलाई अपदस्थ गरे। अब विद्या भण्डारीसँग संवाद गर्न आवश्यक छ ।”

उनले पार्टीको दशौँ महाधिवेशनमा ‘नक्कली प्रतिनिधि’ मार्फत अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने खेल भएको दाबी गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल अपरिहार्य रहेको बताएका छन् ।

यो अभिव्यक्ति एमालेको आन्तरिक कलहलाई थप उजागर गर्ने गरी आएको छ भने पार्टीको शीर्ष तहमा नयाँ ध्रुवीकरणको सङ्केत गरेको विश्लेषकहरूको बुझाइ छ ।

Skip This
Skip This
Logo