काठमाडौं । नेकपा एमालेको आज भक्तपुरको सल्लाघारीमा हुन लागेको एघारौं महाधिवेशनको उद्घाटन समारोह स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कुनै पनि अप्रीय घटना हुन नदिन नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुरहरू सहितको टोली परिचालन गरेको छ । भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन समारोह स्थलमा प्रहरीले प्रमुख स्थानहरूमा कुकुर डुलाएर सघन जाँच गरेको छ ।
बम डिटेक्टर उपकरण र विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउन सक्ने विशेष कुकुरहरू सहितको प्रहरी टोलीले समारोह स्थललाई जाँच गरेको हो ।





























प्रतिक्रिया