डोल्पा
हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलन गर्न पाटन पुगेका सात जना पक्राउ परेका छन् । उनीहरुलाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोईजुम र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले निकुञ्जको मुख्य क्षेत्रमा पर्ने कागमारा हिमालबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाँच जना महिला र दुई जना पुरुष रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ । पक्राउ पर्नेमा जगदुल्ला गाँउपालिका वडा नं.– ४ छाँचुका ३० वर्षिया युवराज बुढा, मुड्केचुला गाँउपालिका–८ ओक्टका १६ वर्षिया ओम बहादुर रोकाय, जुम्ला जिल्ला गोठिचौर गाँउपालिका वडा नं। – १ बस्ने ४६ वर्षिया सुर्य बस्नेत, सोही ठाउँका २४ वर्षीया चन्द्रलोक सिँह बस्नेत, २४ वर्षीया युवराज बस्नेत, १८ वर्षीया संगिता बस्नेत र १८ वर्षीया पबित्रा बस्नेत रहेको निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीले जानकारी दिए ।
नागरिकबाट





























प्रतिक्रिया