काठमाडाैं । भारत भ्रमणमा रहेका अर्जेन्टिनाका विश्वविख्यात फुटबल स्टार लियोनेल मेस्सीकाे अत्यन्तै संक्षिप्त उपस्थितिपछि कोलकाताको साल्ट लेक स्टेडियममा अशान्ति मच्चिएको छ।
मेस्सीलाई नजिकबाट हेर्नका लागि महँगो टिकट किनेर आएका सयौं प्रशंसकहरूले आफ्नो निराशा र आक्रोश पोख्दै स्टेडियमभित्र तोडफोड गरेका छन्। मेस्सी ‘गाेट टुर’ अन्तर्गत बिहान करिब ११:१५ बजे स्टेडियम पुगेका थिए, तर आयोजकका अनुसार उनी केही समयमै त्यहाँबाट हिँडेका थिए। मेस्सीको झलक पाउन ठूलो रकम खर्चिएका प्रशंसकहरूले लामो समयसम्म पर्खिएपछि पनि उनलाई राम्रोसँग देख्न नपाएको भन्दै रिस व्यक्त गरेका थिए।
सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमा दर्शकहरूले स्ट्यान्डबाट मैदानतर्फ पानीका बोतल र प्लास्टिकका कुर्सीहरू फ्याँकेको देखिएको छ। केही दर्शकहरूले ब्यारिकेडहरू भत्काउन खोजेको फुटेज पनि समाचार सार्वजनिक भएका छन् । अत्याधिक भीड र फ्यानहरूको एक्कासि आएको आक्रोशलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरूलाई हम्मे-हम्मे परेको थियो।
मेस्सीको भ्रमणलाई लिएर कोलकातामा निकै उत्साह थियो, तर स्टार खेलाडीको छोटो उपस्थितिले आयोजना व्यवस्थापनमाथि गम्भीर प्रश्नहरू खडा गरेको छ, जसले प्रशंसकहरूलाई निराश मात्र होइन, आक्रोशित बनाएको छ।





























प्रतिक्रिया