सोनाम र महेश श्रेष्ठद्वारा तनहुँमा बालबालिकाका लागि न्यानो कपडा र शैक्षिक सामग्री वितरण

सोनाम र महेश श्रेष्ठद्वारा तनहुँमा बालबालिकाका लागि न्यानो कपडा र शैक्षिक सामग्री वितरण

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्समा स्थापित माउन्ट ८८४८ रेष्टुर‍ेन्ट, अबु धाबी र माउन्ट एभरेष्ट रेष्टुर‍ेन्ट, दुबईका सञ्चालकहरू सोनाम श्रेष्ठ र महेश श्रेष्ठले हरेक वर्षझैं यस वर्ष पनि जाडो मौसमलाई लक्षित गरी न्यानो कपडा तथा बालबालिकाका लागि आवश्यक स्टेशनरी सामग्री वितरण गरेका छन्।

सामाजिक सेवामा आफ्नो निरन्तर प्रतिबद्धता देखाउँदै श्रेष्ठ बन्धुहरूले उक्त सामग्री तनहुँ जिल्ला, म्याग्दी गाउँपालिकामा वितरण गरेका हुन्। यो विशेष वितरण कार्यक्रम उनीहरूका बुवा कृष्ण कुमार श्रेष्ठ र आमा विष्णु माया श्रेष्ठको हातबाट हस्तान्तरण गरिएको थियो।

समाजसेवाको दायरा फराकिलो बनाउँदै श्रेष्ठ परिवारले ‘हर्ट बिट’ नामक संस्थालाई गरिब तथा विपन्न वर्गका बालबालिकालाई वितरण गर्नका लागि १० हजार थान कापी पनि उपलब्ध गराएको छ। जुजु काजीको माध्यमबाट उक्त सहयोग सामग्री संस्थालाई हस्तान्तरण गरिएको हो।

यो परोपकारी कार्यले म्याग्दी गाउँपालिकाका बालबालिकाहरूलाई जाडोको समयमा न्यानो कपडाको पहुँच सुनिश्चित गर्नुका साथै शैक्षिक सामग्रीको उपलब्धतामा महत्त्वपूर्ण सहयोग पुर्‍याएको छ।

Logo