कञ्चनपुर

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले आज जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेका छन् । "/>

जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी

जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले आज जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेका छन् । घोषित कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा अधिकारीलाई कार्यकक्षमै थुन्ने कार्यक्रम रहे पनि उनी कार्यालयमै नआएपछि विद्यार्थीले कुर्सीमा उनको तस्बीर राखी आगजनी गरेका हुन् ।

आगजनी गर्ने क्रममा प्रहरीले क्रान्तिकारीका पूर्वकेन्द्रीय सदस्य भीम भट्ट र वर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त भट्टलाई नियन्त्रणमा लिएको छ । क्रान्तिकारीका कञ्चनपुर अध्यक्ष वीरेन्द्रराज बिष्टले प्रहरीले पक्राउ गरेका केन्द्रीय सदस्यद्वयलाई निःसर्त छाड्नु पर्ने बताए । प्रहरीले नछाडे पूर्वघोषित कार्यक्रमसँगै प्रहरी प्रशासन विरुद्ध कडा आन्दोलन गर्ने पनि उनले बताए ।

सोमबार दिउँसै क्रान्तिकारीका नेताहरुले जिल्ला शिक्षा कार्यालय पुगेर जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टलाई दिउँसै टर्च बालेर खोजेका थिए । वैशाख १२ गते विद्यालयबाटै कापी–कलम बेच्ने निजी विद्यालयमा तालाबन्दी गर्ने, १३ गते शैक्षिक आमहडताल गर्ने, १४ गते जिल्ला शिक्षा र प्रशासनमा कालो भmण्डा सहित प्रदर्शन गर्ने र १५ गते देखि स्थानीय सरकार घेराउ गर्ने कार्यक्रम रहेको क्रान्तिकारीले जनाएको छ ।
रासस

Logo