एनपीएल फाइनलः सुदूरपश्चिमलाई सुरुमै झट्का, बिनोद शून्यमै आउट

एनपीएल फाइनलः सुदूरपश्चिमलाई सुरुमै झट्का, बिनोद शून्यमै आउट

केन्द्रबिन्दु
30
Shares

कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । तर, लुम्बिनी लायन्सका तेज बलर रुबेन ट्रम्पलम्यानले पहिलो ओभरमै सफलता दिलाउँदै रोयल्सलाई सुरुमै ठूलो झट्का दिएका छन्।

इनिङ्सको पहिलो ओभरको अन्तिम बलमा सुदूरपश्चिमका विकेटकिपर ब्याटर विनोद भण्डारीलाई शून्य रनमा दिनेश अधिकारीको हातबाट क्याच आउट गराउँदै ट्रम्पलम्यानले लुम्बिनीलाई महत्त्वपूर्ण सफलता दिलाएका हुन्। यस समाचार तयार पार्दासम्म सुदूरपश्चिम रोयल्सले १ ओभरको समाप्तिमा १ रन बनाउँदा १ विकेट गुमाएको छ। क्रिजमा अहिले ईशान पाण्डे र सेल्डन ज्याक्सनसहितका खेलाडी छन्।

साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक फाइनलमा पुगेको लुम्बिनी लायन्सबीचको यो भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। विजेताले यस सिजनको उपाधिसँगै करोडौंको पुरस्कार राशी हात पार्नेछ।

Skip This
Skip This
Logo