कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को बहुप्रतिक्षित फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ रोजे पनि लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पलम्यानसामु निरीह देखिएको छ। ट्रम्पलम्यानको धारिलो बलिङमा रोयल्सले २ ओभरको अन्तरालमै २ महत्त्वपूर्ण विकेट गुमाएर ठूलो दबाबमा आएको छ।
पहिले विनोद भण्डारीको विकेट लिएका ट्रम्पलम्यानले त्यसको लगत्तै अर्को ठूलो सफलता दिलाउँदै विदेशी खेलाडी शेल्डन ज्याक्सनलाई मात्र १ रनको व्यक्तिगत स्कोरमा एलबीडब्लू आउट गरे।
क्रिजमा ओपनर ईशान पाण्डे ६ रनसहित छन्।





























प्रतिक्रिया