काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने भएको छ। बन्दसत्र स्थल भृकुटीमण्डपमै आज बिहान ९ बजे बैठक बस्ने तय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।
उनका अनुसार बैठकपछि दिउँसो १२ः१५ बजे बन्दसत्र सुरु गर्ने तयारी छ। बैठकका एजेन्डाबारे औपचारिक जानकारी नआएको रिजालको भनाइ छ।
यसअघि महाधिवेशन उद्घाटनपूर्व शुक्रबार साँझ बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन प्रस्ताव गरे पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षको अवरोधपछि रोकिएको थियो। आजको बैठकमा सोही विषय पुनः छलफलका लागि उठ्ने एक नेताले बताए ।
यस्तै, एमालेले सार्वजनिक गरेको १०८ जना मनोनीत महाधिवेशन प्रतिनिधिको सूचीप्रति पनि पोखरेल पक्षले असहमति जनाएको छ। विवाद समाधानका लागि बैठक बस्ने भएको हो । भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरु पुगिरहँदा नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक बोलाएको र बैठक पश्चात मात्रै बन्द सत्र सुरु हुने छ ।































प्रतिक्रिया