काठमाडौँ
प्रहरी कर्मचारीले बढुवाका लागि मानपदवी (तक्मा) बापत पाउने २ अंक प्रस्तावित संघीय प्रहरी ऐनबाट हटाइएको छ । कार्यक्षेत्रमा खटिँदा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीले तक्मा नपाउने तर भनसुन गर्नेले पाउन थालेपछि मानपदवी बापतको २ अंक हटाउन प्रस्ताव गरिएको हो । विद्यमान प्रहरी ऐन अनुसार कार्यक्षमता मूल्यांकन गर्दा पाउने १०० अंकमा विभूषण, मानपदवी, अलंकार तथा पदक बापत २ अंक पाउने व्यवस्था छ । यो अंक जुनसुकै तहका प्रहरी कर्मचारी बढुवा हुँदा पाउँछन् ।
तक्माका लागि गृह मन्त्रालय वा गृह र प्रहरी प्रधान कार्यालय दुवै निकायबाट सिफारिस हुन्थ्यो । प्रहरी प्रधान कार्यालयले कारणवश सिफारिस नगरे पनि पहुँचवाला प्रहरी कर्मचारीले गृह मन्त्रालयबाट सोझै तक्मा लिने गरेका थिए । यसपटक पनि गृहका कर्मचारी माथि सिफारिसका लागि दबाब पर्न थालेपछि मन्त्रालयबाट प्रदान गरिने तक्माको अंक काट्न प्रस्ताव गरिएको हो । संघीय प्रहरी ऐनमा बढुवाका लागि अंकभार तोक्ने विषयमा केही दिन अघि भएको छलफलमा यस्तो प्रस्ताव गरिएको मन्त्रालय स्रोतले जनायो ।
नागरिकबाट































प्रतिक्रिया