रौतहट

रौतहटको गौर भन्सार कार्यालयले सीमा क्षेत्रमा निगरानी बढाएपछि भन्सार राजस्वमा वृद्धि भएको छ । "/>

भन्सार क्षेत्रमा निगरानी बढेपछि राजस्वमा वृद्धि

भन्सार क्षेत्रमा निगरानी बढेपछि राजस्वमा वृद्धि

केन्द्रबिन्दु
0
Shares

रौतहट

रौतहटको गौर भन्सार कार्यालयले सीमा क्षेत्रमा निगरानी बढाएपछि भन्सार राजस्वमा वृद्धि भएको छ । भन्सार छली हुने गरेको आशंकामा सीमा नाका तथा अन्य सहायक बाटोहरुमा निरन्तर स्थलगत अनुगमन हुन थालेपछि गौर भन्सारको राजस्वमा वृद्धि भएको हो । वार्षिक लक्ष्यको साथै मासिक लक्ष्य पुरा गर्न निकै चुनौतीपूर्ण रहँदा गत फागुनको अन्तिम साता देखि गौर भन्सार कार्यालयका शाखा अधिकृत विमल साहको कमाण्डमा भारतसँग सीमा जोडिएको रौतहटको २६ किलोमिटर क्षेत्रमा नियमित रुपमा अनुगमन कार्यलाई तिव्रता दिँदा राजस्व संकलन कार्यमा सुधार आएको हो ।

खुला सीमाको फाइदा उठाउँदै अवैध कारोवार गर्नेहरूले दुवै तर्फका स्थानीय सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी सरकारी राजस्वलाई प्रतिकूल असर पार्दै आउँदा थिए । जसले गर्दा प्रत्येक महिनाको निर्धारण गरिएका लक्ष्य पुरा गर्न निकै कठिनाई भइरहेको थियो । यसपछि भन्सार कार्यालय गौरबाट ठोस नीतिका साथ चोरी पैठारी कार्यलाई निस्तेज बनाई राजस्व संकलनमा सुधार ल्याउने योजनाबद्ध तवरबाट अनुगमन सुरु गर्दा असर देखिएको गौर भन्सार कार्यालय श्रोतले बताएको छ ।

गत चैत महिनामा १ करोड ५६ लाख राजस्व संकलन गर्ने लक्ष्य रहँदा नियमित अनुगमन तथा व्यापारीलाई मुख्य नाकाबाट आउन विवश बनाइएपछि १ करोड ६३ लाख राजस्व संकलन गरिएको अधिकृत साहले जानकारी दिए । दुवै तर्फका कारोवारीहरू निर्धक्कका साथ राति राति अबैध कारोवार गर्न थालेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई भन्सार कार्यालय संगै अनुगमन गर्नमा सघाउन आग्रह गर्दा भन्सार राजस्व संकलनमा सुधार आई लक्ष्य भन्दा बढी राजस्व संकलन हुन सकेको भन्सार अधिकृत साहको भनार्इ छ ।
नागरिकबाट

Skip This
Skip This
Logo