काठमाडौँ

नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई सरकारले अनिवार्य रूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनु पर्ने नियम लागू गर्ने भएको छ । "/>

अब स्मार्ट लाइसेन्स लिँदा अनिवार्यरुपमा ट्राफिक कक्षा लिनु पर्ने

अब स्मार्ट लाइसेन्स लिँदा अनिवार्यरुपमा ट्राफिक कक्षा लिनु पर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई सरकारले अनिवार्य रूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनु पर्ने नियम लागू गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारी बोध गराउने उद्देश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्य रूपमा कक्षा सञ्चालन गर्ने भएको हो ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लिने व्यक्तिले लिखित र ट्रायल पास गरेपछि लाइसेन्स लिने क्रममा आधा घण्टा देखि एक घण्टाको ट्राफिक जनचेतना सम्बन्धी कक्षा लिने गृहकार्य अगाडि बढाएको छ । चालक अनुमतिपत्र लिइसकेपछि जिम्मेवारीबोध गराउन र सम्भावित सवारी दुर्घटनाबाट जोगाउने उद्देश्यका साथ आगामी आर्थिक वर्ष २०७५–०७६ बाट चालकहरूले कक्षा लिनु पर्ने प्रावधान लागू गर्ने गृहकार्य शुरू भएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तुलसीप्रसाद अर्यालले जानकारी दिए ।

‘चालक जिम्मेवार हुँदा दुर्घटना कम हुन्छ, चालकलाई जिम्मेवार बनाउने र दायित्वबोध गराउन विभागले अब कक्षा नै सञ्चालन गर्ने तयारी गरेको छ’, उनले भने– ‘आधा घण्टा देखि एक घण्टा सम्मको कक्षा सञ्चालन गर्दा ट्राफिक नियम, सडकको अवस्था र सवारी दुर्घटना हुन नदिन अपनाउनु पर्ने सावधानीको विषयमा जानकारी गराइन्छ।’ लिखित परीक्षामा धेरै अनुत्तीर्ण भएपछि सरकारले लाइसेन्स लिनका लागि लिखित परीक्षा खुकुलो बनाएको छ । लिखित परीक्षामा २० वटा प्रश्न मध्ये दस वटा प्रश्न मिलाउना साथ पास हुने गरेका छन् ।

विभागले चालकलाई कक्षा सञ्चालन गर्न यस आर्थिक वर्षबाट नै शुरू गर्न खोजे पनि आर्थिक अभावका कारणले अगाडि बढाउन नसकिएको बताइएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापासे) गरी सवारी सञ्चालन गरेको अवस्थामा चालकहरूलाई जरिवाना सहित तीन घण्टा ट्राफिक नियमका बारेमा कक्षा दिँदै आएको छ । तर विभागले भने जिम्मेवार चालक बनाउने उद्देश्यले लाइसेन्स वितरण गर्नु अघि अनिवार्य रूपमा कक्षा सञ्चालन गर्न लागेको हो ।

देशभर रहेको २४ वटा कार्यालयबाट अहिले लाइसेन्स वितरण हुँदै आएको छ । अर्थ मन्त्रालयले बजेट उपलब्ध गराए लगत्तै चालक अनुमतिपत्र वितरण गर्ने क्रममा चालकहरूलाई कक्षा सञ्चालन गर्ने विभागका सूचना अधिकारी अर्यालले बताए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo