कास्की

राजधानी र नामाकरण तोक्नका लागि प्रदेश ४ का सांसदहरुले शनिबार (आज) देखि सुझाव संकलनका काम सुरु गर्ने भएका छन् । "/>

प्रदेश नं. ४: राजधानी र नामाकरणका लागि सुझाव संकलन सुरु

प्रदेश नं. ४: राजधानी र नामाकरणका लागि सुझाव संकलन सुरु

केन्द्रबिन्दु
0
Shares

कास्की

राजधानी र नामाकरण तोक्नका लागि प्रदेश ४ का सांसदहरुले शनिबार (आज) देखि सुझाव संकलनका काम सुरु गर्ने भएका छन् । १२ चैतमा बसेको प्रदेशसभा बैठकले प्रदेशको नामाकरण र राजधानी तोक्न गठन गरेको समितिका सदस्यहरुले प्रश्नावली सहित प्रदेशका ११ वटै जिल्लामा पुगेर राय सँगै सुझाव संकलन गर्ने भएका हुन् ।

समितिका सदस्य धन्नजय दवाडीका अनुसार समितिमा रहेका ११ जना सांसद मध्ये ५ टोली बनाएर सुझावसँगै राय संकलन गरिन लागेको हो । सबै टोली दुई, दुई जिल्लामा पुग्ने दवाडीले बताए । केही टोलीले ८ र ९ चैत र केही टोली ९ र १० चैत गरी दुई दिनमा सम्वन्धित जिल्लामा पुगी सुझाव र राय संकलन गर्नेछन् ।

५ टोली मध्ये हरिशरण आर्चाय र सरिता गुरुङले तँनहु र गोरखा, भगवत प्रकाश मल्ल र मिनबहादुर गुरुङले स्याङजा र नवलपुर, सावित्रा राना र चन्द्रबहादुर बुढाले पर्वत र वाग्लुङ, कृष्ण थापा र दीपक कोइरालाले मुस्ताङ र म्याग्दी, धन्नजय दवाडी र मधुमाया अधिकारीले लमजुङ र मनाङमा पुगेर सुझाव र राय संकलन गर्नेछन् । कास्कीमा भने यस अघि नै सुझाव संकलन गर्ने काम सम्पन्न भइसकेको छ । प्रदेशको नामका बारेमा धेरै नाम चर्चामा आएपनि गण्डकी, गण्डक, गण्डकी धौलागिरि, मुक्तिनाथ, गोरखा, व्यास, धौलागिरि, माछापुच्छ्रे, तमुवान–मगराज लगायत रहेका छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo