हुवावेले आफ्नो फ्ल्यागसिप मोडलको रुपमा दुई नयाँ स्मार्टफोनलाई सार्वजनिक गरेको छ । पेरिसमा हुवावेले पि ट्वान्टि सिरिजको दुई नयाँ सेटलाई हालै सावर्जनिक गरेको हो ।
हुवावेले यसपटक पि ट्वान्टि प्रो र पि ट्वान्टि लाईट सिरिजलाई अनलाईन मार्फत् अन्तराष्ट्रिय बजारमा ल्याउने सोचाई बनाएको छ । यसका लागि हुवावेले अमेजनलाई पहिलो प्राथमिकतामा राखेको छ ।
अमेजनमा ‘कमिङसुन’ भनेर राखिएको यो मोडलको स्पेसिफिकेसनलाई मात्र सार्वजनिक गरेको छ । मुल्य भने खुलाईएको छैन । यसपटक सार्वजनिक गर्न लागेको पि ट्वान्टि प्रोमा एण्ड्रोइड ८ दशमलब १ ओरियोमा आधारित रहेको छ । यो मोडल ईएमयूआई ८ दशमलब १ मा चल्छ । ६ दशमलब १ ईन्चको स्क्रिन रहेको यो सेटको स्क्रिन फुल एचडी र फुल भ्यू रहेको छ । यसको स्क्रिनको रिजोलुसन १०८० ह २२८० रहेको छ ।
हाईसिलिकन किरिन ९७० प्रोसेसर रहेको यो सेटमा ६ जिवी र्याम र १ सय २८ जिवी इन्टरनल स्टोरेज रहेको छ ।
पि ट्वान्टि प्रोमा तिनवटा रिअर क्यामेरा रहेको छ । थ्रिएक्स अप्टिकल जुम रहेको यो सेटको ३ वटा रिअर क्यामेरामा एउटा ८ मेगा पिक्सेलको रहेको छ भने अर्को ४० मेगा पिक्सेलको आरजिबी सेन्सर भएको र अर्को २० मेगापिक्सेलको रहेको छ ।
यस्तै पि ट्वान्टि लाईटमा इएमयूआई ८ रहेको छ भने यसमा पनि ओरियो एण्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ । ६ दशमलब १ ईन्चको स्क्रिन रहेको यो सेटको स्क्रिन पनि फुल एचडी र फुल भ्यू नै रहेको छ । यसको स्क्रिनको रिजोलुसन १०८० ह २२४० रहेको छ ।
यसमा हाई सिलिकन ६ सय ५९ प्रोसेसर रहेको छ । यसको र्याम ४ जिवी रहेको छ भने इन्टरनल स्टोरेज ६४ जिवी रहेको छ ।
यो सेटमा २ वटा रिअर क्यामेरा रहेको छ । एउटा क्यामेरा १६ मेगापिक्सेलको रहेको छ भने अर्को २ मेगा पिक्सेलको रहेको छ ।































प्रतिक्रिया