छतबाट खसेर मृत्यु

छतबाट खसेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

घरको छतबाट खसेर झापा दमकमा एक महिलाको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ( गुरुङ ) रहेको छ । 

श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खसेका थिए । घरको छतबाट खसेर गम्भीर घाइते भएकी कमलाको उपचारका क्रममा आज बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घटनाबारे प्रहरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

Skip This
Skip This
Logo