काठमाडौँ

सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । "/>

वडाध्यक्ष तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश

वडाध्यक्ष तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले हिजो नुवाकोट जिल्ला अदालतबाट चेलीबेटी बेचबिखनको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

नुवाकोटका करीव २०० महिलालाई बेचेको, वेश्यालय चलाएको अभियोगमा जिल्ला अदालत नुवाकोटले गत चैत ९ गते तामाङलाई ३७ वर्ष कैद सजायँ र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । नुवाकोटकै दुई महिलाले तामाङ विरुद्ध मानव बेचबिखन गरेकोे उजुरी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरी मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा छोरा प्रदीप तामाङले ०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए । सोही निवेदन माथिको सुनुवाइपछि अदालतले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
रासस

Skip This
Skip This
Logo