मकवानपुर
प्रहरीको चेकजाँच देखेर भागेका एक व्यक्तिको साथबाट मकवानपुर प्रहरीले केही थान बन्दुक र त्यसमा लाग्ने गोली, बम बरामद गरेको छ । जम्बो चौतारा बस्ने वर्ष ३७ का अनिल भनिने जोकर मोक्तानको साथबाट प्रहरीले हातहतियार र गोलीगठ्ठा बरामद गरेको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटमा प्रहरीले सवारीसाधन चेकजाँच गरिरहेको देखेपछि मोक्तान आफू चढेर आएको साधन छोडेर भागेका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षक बिगबहादुर तामाङ नेतृत्वमा रहेका चार जना प्रहरीले मोक्तानलाई पक्राउ गरेका थिए ।
उनले बोकेको झोलाबाट नलकटुवा पेस्तोल ३ थान, त्यसमा लाग्ने ११ राउन्ड गोली, थ्री नट थ्री राइफलको गोली १ राउन्ड, एउटा सुतलीबम, नेपाल प्रहरीको चुस्ता १ थान बरामद गरिएको प्रहरी उपरीक्षक विकाशराज खनालले जानकारी दिए । फरार भएका अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया