काठमाडौँ
नर्वे सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि घोषणा गरको डेढ अर्ब भन्दा बढी रकम आफ्नो स्वार्थ मिल्ने गैरसरकारी संस्था मार्फत खर्च गरेको छ । नर्वेले विपतको बेला ठूलै सहयोग घोषणा गरेर सहानुभूति देखाए पनि त्यो आफ्नै स्वार्थपूर्तिमा प्रयोग गरेको पाइएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ‘बाइपास’ गरेर पुनर्निर्माणको पैसा बिबिसी मिडिया एक्सन, आद्रा एटलस एलायन्स, संकल्प, सेभ दि चिल्ड्रेन, डबलुएचओ जस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्था मार्फत खर्च गरेको हो । दाता सम्मेलनमा नर्वेले एक अर्ब ५९ करोड रुपैयाँ सहायता प्रदान गर्ने घोषणा गरेको थियो । तर उसले सरकारको बजेट प्रणालीबाट अहिले सम्म एक पैसा पनि खर्च गरेको छैन ।
पुनर्निर्माण प्राधिकरणले घोषित सहायता रकमको सम्झौता गर्न पटक–पटक ताकेता गर्दा ऊ पन्छिदै आएको थियो । पुनर्निर्माणमा सहयोग गर्नु पर्ने रकम शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, लैंगिक समानता, खानेपानी तथा सरसफाइ लगायत कार्यक्रममा खर्च गरेको छ । केही रकम निजी घर र विद्यालय पुनर्निर्माणमा खर्च गरेको बताइए पनि त्यसबारे प्राधिकरणलाई कुनै जानकारी दिएको छैन ।
अहिले आएर नर्वेले पुनर्निर्माण प्राधिकरण मार्फत सहायता प्रदान गर्ने घोषणा नै नगरेको दाबी गरेको छ । पुनर्निर्माणबाट दाता पन्छिदै गरेको समाचार प्रकाशित भएपछि उसले यस्तो प्रतिक्रिया दिएको हो। नेपालस्थित नर्वेजियन दूतावासले बुधबार प्राधिकरणलाई पत्र लेख्दै आफूले पुनर्निर्माण प्राधिकरण मार्फत सहयोग गर्ने घोषणा नगरेको जनाएको छ ।
नागरिकबाट































प्रतिक्रिया