काठमाडौँ

नेकपा माओवादी केन्द्रबाट बाहिरिएका नेता गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा माओ‌वादीको पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । "/>

विप्लवको नेतृत्वमा नयाँ माओवादीको गठन हुँदै !

विप्लवको नेतृत्वमा नयाँ माओवादीको गठन हुँदै !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेकपा माओवादी केन्द्रबाट बाहिरिएका नेता गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा माओ‌वादीको पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । आफूलाई नेकपा माओवादी केन्द्रको सं‌योजक बताउँदै आएका नेता किराँतीले पुष्पकमल दाहाल प्रचण्ड एमालेमा विलय भइसकेको बताउँदै अब विप्लवको नेतृत्वको विकल्प नरहेको बताए ।

नेता किराँतीले विप्लवको नेतृत्वमा बन्ने शक्तिशाली नेकपा माओवादीमा मोहन वैद्य किरण सहितका नेताहरुलाई पनि समाहित गरेर अघि बढ्नु पर्ने प्रस्ताव गरेका हुन् । २०७४ असोज देखिको लगातार बिरोधका बावजुद एमालेमा विलय हुन हामफालेका प्रचण्ड समूह अहिले निरीह लम्पसार परेको देखिनु असाध्यै दुःखद कुरा हो, उनले भने, अतः सार्वजनिक आत्मालोचना गरी माओवादी धारामा फर्केर नेत्रविक्रम चन्द विप्लवको कार्यकारी नेतृत्वमा किरण सहितको एक शक्तिशाली माओवादी पार्टी पुनर्निर्माणमा अग्रसर हुन प्रचण्ड समक्ष आग्रह गर्दछौँ ।

किराँतीले विप्लवलाई पनि माओवादी धाराको केन्द्रीकरणमा निर्णायक पहल लिन पनि अपिल गरेका छन् । मा‌ओवादी र एमालेबीच एकताको निर्णय भएपछि माओवादीबाट बाहिरिएका किराँतीले आफूलाई माओवादी केन्द्रको संयोजक बताउँदै राजनीतिमा सक्रिय छन् ।
अन्नपूर्णबाट

Logo