काठमाडौँ

लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । "/>

लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएकाहरु असन्तुष्ट

लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएकाहरु असन्तुष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्र देखि स्थानीय स्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय स्थानीय नेता अन्य दलमा प्रवेश समेत गर्न थालेका छन् । दुई पार्टी एकीकरण हुँदा उपस्थितिका आधारमा केन्द्र देखि तल्लो तहसम्म नेता–कार्यकर्तालाई निर्वाचन लगत्तै उपयुक्त स्थान दिने सहमति भएको थियो । ३० असोजमा पार्टी एकीकरण घोषणासभामा जारी विज्ञप्तिमै यो कुरा स्पष्ट पारिएको थियो ।

तर निर्वाचन सकिएको लामो समय सम्म पनि समायोजनको प्रक्रिया सुरु नभएपछि फोरमका नेता–कार्यकर्ता आक्रोसित भएको तत्कालीन लोकतान्त्रिक फोरमका महामन्त्री योगेन्द्र चौधरीले बताए ।

‘लामो समय सम्म पनि कुनै जिम्मेवारी नपाएपछि जिल्लास्तरका साथीहरू आ–आफ्नो बाटो लाग्ने क्रम सुरु भएको छ,’ चौधरीले भने, ‘यसले जुन अपेक्षाका साथ लोकतान्त्रिक फोरम र कांग्रेसबीच पार्टी एकीकरण भएको थियो, त्यो अपेक्षा पूरा नहुने सम्भावना बढेको छ ।’ विधानमा देखिएको समस्याका कारण एकीकरणका वेला भएको सहमति कार्यान्वयनमा केही ढिलाइ भइरहेको काँग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले बताए । महासमिति बैठकबाट समस्या समाधान गर्ने प्रक्रियामा छौँ । उनले भने ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo