काठमाडौँ
सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरूले साइकल किनेर कार्यकर्तालाई बाँड्ने देखि योग शिविर चलाउने सम्मका काममा बजेट खर्च गरेका छन् । सभा, सम्मेलन र गोष्ठीमा समेत बजेट खर्च गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
सार्वजनिक खरिद नियमावली अनुसार विकासमा छुट्याइएको रकम वितरणमुखी कार्यक्रम, सभा, सम्मेलन वा गोष्ठीमा खर्च गर्न पाइँदैन । तर निर्वाचन क्षेत्र पूर्वाधार विकासको बजेटले बारामा १७० र रौतहटमा ३१४ गरी ४८४ साइकल खरिद गरेर वितरण गरिएको छ । यसमा ३४ लाख २८ हजार खर्च गरिएको महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
यता जिल्ला समन्वय समिति काठमाडौंले एक जना सांसदको सांसद विकास कार्यक्रमबाट कोटेश्वरमा उपभोक्ता समिति मार्फत योग शिविर चलाएको छ । जसमा प्रशिक्षण भत्ता बापत ७ लाख २८ हजार, खाना, साउन्ड र त्रिपाल भाडामा ६ लाख ६१ हजार रुपैयाँ खर्च गरिएको छ । त्यस्तै कागेश्वरी मनोहरामा भाषा र योग शिविरमा ६ लाख ४२ हजार समेत गरी २० लाख ३१ हजार र कुलेश्वरको योगपार्क निर्माणमा ११ लाख ५० हजार समेत ३० लाख ७६ हजार खर्च गरिएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया