काठमाडौँ

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नयाँ दिल्लीको मेदान्त अस्पालतमा एञ्जियोग्राफीको अप्रेसन भएको छ । "/>

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर अस्पाल भर्ना

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर अस्पाल भर्ना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नयाँ दिल्लीको मेदान्त अस्पालतमा एञ्जियोग्राफीको अप्रेसन भएको छ । गत शुक्रबार देखि उनी सो अस्पतालमा भर्ना भएका छन् । ठाकुरका सहयोगी सतेन्द्र मिश्रले आइतबार साँझ देखि ठाकुरलाई आइसियुबाट साधारण बेडमा सारिएको बताए। उनी शुक्रबार नै आइसियुमा भर्ना भएका थिए।

गत मंगलबार उनी उपचार गर्न नयाँ दिल्ली गएका थिए । उनको साथमा राजपाकी नेतृ चन्दा चौधरी पनि नयाँ दिल्ली गएकी छन् । दुर्इ तीन दिन पछि मात्र ठाकुर काठमाडौं फर्कने कार्यक्रम तय भएको छ । यसैगरी राजपाका अर्का नेता महेन्द्र यादव पनि उपचार गर्न भारत गएका छन् । ठाकुर र यादव फरक फरक दिन भारत गएका थिए । स्वास्थ्य परीक्षण गर्न यादव नियमित रूपमा भारत जाने गरेका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo