काठमाडौँ

राष्ट्रियसभामा जुन सदस्य जुन क्लस्टरबाट आएको हो त्यही क्लस्टरका सदस्यबीच गोला हालेर पदावधी निर्धारण गरिने भएको छ । "/>

राष्ट्रियसभा सांसदको पदावधीका लागि गोलाप्रथा !

राष्ट्रियसभा सांसदको पदावधीका लागि गोलाप्रथा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रियसभामा जुन सदस्य जुन क्लस्टरबाट आएको हो त्यही क्लस्टरका सदस्यबीच गोला हालेर पदावधी निर्धारण गरिने भएको छ । संसद सचिवालयले तयार पारेको राष्ट्रियसभा सदस्यको पदावधी सम्बन्धी कार्यविधिमा चार क्लस्टर बनाएर सदस्यहरू बीच गोला हाल्ने उल्लेख छ ।

राष्ट्रियसभा सांसदको पदावधी ६ वर्ष हुने भए पनि पहिलो पटक एक तिहाइ सदस्यको पदावधी प्रत्येक दुई वर्षमा सकिन्छ । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको २ वर्ष, एक तिहाइको ४ वर्ष र एक तिहाइको कार्यकाल ६ वर्षको हुनेछ । पदावधी निर्धारण भने गोला प्रथाद्वारा हुनेछ ।

संसद सचिवालयका सचिव वीरेन्द्रबहादुर कार्की नेतृत्वको समितिले तयार पारेको गोला प्रथाद्वारा पदावधी कायम गर्ने कार्यविधिमा खुला, महिला, मनोनीत तथा दलित÷अल्पसंख्यक गरी चार क्लस्टर बनाइएको छ । ७ वटा प्रदेशबाट खुलामा तीन र महिलामा तीन जना सदस्य निर्वाचित भएका थिए । कार्यविधि अनुसार प्रत्येक प्रदेशबाट खुलामा आएका तीन जना सांसदबीच गोला हालिनेछ । त्यसरी गोला हाल्दा प्रत्येक प्रदेशमा एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र एक जनाको ६ वर्षको कार्यकाल निर्धारण हुनेछ ।

महिला कोटाबाट निर्वाचित सांसदबीच पनि खुला सदस्यकै जस्तो प्रदेशका तीन सांसदबीच गोला हाली २, ४ र ६ वर्षको कार्यकाल निर्धारण हुनेछ । दलित र अल्पसंख्यक÷सिमान्तकृत कोटाबाट आएका सांसदको भने देशभरिकै एउटा क्लस्टर बनेको छ । यो कोटामा प्रत्येक प्रदेशबाट एक÷एक जनाका दरले दलित र अल्पसंख्यक वा सिमान्तकृत कोटामा सांसद निर्वाचित भएका थिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo