रास्वपाका सभापति रवि लामिछाने रिहा

रास्वपाका सभापति रवि लामिछाने रिहा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर लामिछाने रिहा भएका हुन् ।

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई छाड्न आदेश दिएको थियो। छाड्न आदेश गर्दा इजलासले शर्त पनि राखेको थियो।

लामिछानेले अदालतबाट छुटि पाउन दिएको निवेदनमा आफ्नो भागमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको रकम बुझाउने भनेका थिए। उक्त रकमलाई उच्च अदालतले स्वीकार गरी रविलाई छाड्ने आदेश गरेको हो।

यसअघि गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई पुर्पक्षका लागि एक करोड रुपैयाँमा छाड्न आदेश गरेको थियो। उक्त एक करोड रुपैयाँ धरौटी पनि बुझाउन आदेश उच्च अदालतले गरेको हो।

Logo