काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताएका छन् ।
शुक्रबार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएका लामिछानेले अहिले आफ्नो बोल्ने समय नआएको र अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्ने बताएका हुन् ।
‘हिसाब मिलाएपछि लामो बोलौँला । हिसाब मिलाउन बाँकी नै छ । न्याय पाउन बाँकी छ । मैले धेरै बोल्न बाँकी छ । सबैलाई यो माया, साथ विश्वास र अनवरत सद्भावका लागि धेरै धेरै धन्यवाद छ ।’ उनले भने ।































प्रतिक्रिया