काठमाडौँ
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकता केही समय पछि धकेलिने अवस्थामा पुगेको छ । एकताको खाका तय गर्न गठित दुई कार्यदलले प्रतिवेदन बुझाए पनि एकताको आवश्यक तयारी नहुँदा दुई दल बीच केही विषय अझै मिलाउन बाँकी रहेकाले ९ वैशाखमा एकता घोषणा कठिन देखिएको हो ।
गत ७ फागुनमा एकता संयोजन समितिको बैठकले गठन गरेको दुई कार्यदल मध्ये संगठन तथा विधान मस्यौदा कार्यदलले एकीकृत पार्टीका कमिटीको संख्या, चुनाव चिह्न र जनयुद्ध विषयमा सहमति जुटाउन बाँकी राखेको थियो । कार्यदलले प्रतिवेदन बुझाएको १२ दिन सम्म विवादित विषयले गति लिन सकेको छैन ।
नेकपा माओवादी केन्द्रले एकताका क्रममा सम्मानजनक एकता हुनु पर्ने भन्दै ५०÷५० को अनुपातमा पार्टी कमिटीहरूको एकता हुनु पर्ने अडान राख्दै आएको छ । एमाले नेता सुभाष नेम्वाङ भने एकताको विषयमा कुनै समस्या नभएको र ९ वैशाखमा नै एकता घोषणा हुने बताउँछन् । तर माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेल कतिपय विषयमा अझै छलफल आवश्यक देखिएकाले ९ गते एकता अलिक असम्भव जस्तो देखिएको बताउँछन् ।
राजधानीबाट































प्रतिक्रिया