काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आज चितवनबासीहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने भएका छन् ।
शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार चितवनका टोल तथा वडा तह देखी जिल्ला तह सम्मका समितीका सम्पूर्णलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरिएको छ ।
प्रवक्ता झाका अनुसार आजै चितवनको कार्यक्रमपछि दिउँसो १ः५० को बुद्ध एयरको विमानबाट काठमाडौं फर्कि जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम रहेको छ । थुनामुक्त हुने आदेश पाएपछि लामिछाने शुक्रबार भैरहवास्थित जिल्ला कारगारबाट थुनामुक्त भएका थिए ।
लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।































प्रतिक्रिया