काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी भाइबहिनीहरूको एक थोपा रगत पनि खेर जान नदिने प्रतिबद्धता जनाएका छन् ।
हिजो मात्रै भैरहवा कारगारबाट रिहा भएका सभापति लामिछानेले आज चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै जेनजीहरूले गरेको आन्दोलनको प्रशंसा गरेका हुन् । उनले भने, ‘म जेनजी पुस्ताका दाजुभाइ दिदीबहिनीहरूलाई सलाम भन्न चाहन्छु, हामीले त चुनाव कुरेका थियौं, तपाईंहरूले चुनाव सुनाव कुर्नुभएन, बजाइदिनुभयो । जेनजी भाइबहिनीहरूको रगतको एक थोपा पनि खेर जान दिन्नँ ।’
साथै उनले पुराना पुस्ताका नेताहरूतर्फ इंगित गर्दै उनीहरूले देशलाई नै दुःख दिएको र त्यसको अगाडि आफूलाई दिएको दुःख केही नभएको पनि बताए ।
‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ । म यो विषय लिएर पनि लड्छु ।’ उनले भने ।































प्रतिक्रिया