काठमाडौँ

गृह मन्त्रालयले आर्थिक वर्ष ०७३/७४ मा सुराकीमै २ करोड १७ लाख खर्च गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ । "/>

सुराकी खर्च नै २ करोड १७ लाख भन्दा वढी !

सुराकी खर्च नै २ करोड १७ लाख भन्दा वढी !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गृह मन्त्रालयले आर्थिक वर्ष ०७३/७४ मा सुराकीमै २ करोड १७ लाख खर्च गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ । २२ वर्ष अघिको मन्त्रिपरिषद्को निर्णयका आधारमा गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले एक वर्षको अवधिमा २ करोड १७ लाख खर्च गरेका हुन् ।

गृह मन्त्रालय अधिकारीका अनुसार सुराकी खर्चको नाममा गृहमन्त्री, सचिव र महानिरीक्षकले आफूखुसी खर्च गर्ने परिपाटी पछिल्लो समय बढ्दै आइरहेको छ । सुरक्षा अवस्था देखाएर उनीहरूले सो रकम आफू अनुकूल खर्चंदै आएको बताइएको छ । मन्त्रिपरिषद्को ०५० साल जेठ १३ को निर्णयमा शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि गृहमन्त्रीले एक पटकमा ५० हजार, गृहसचिवले २० हजार र प्रहरी महानिरीक्षकले पनि आवश्यकता अनुसार खर्च गर्न पाउने व्यवस्था गरिएको थियो ।

त्यही निर्णयलाई टेकेर आर्थिक वर्ष ०७३÷७४ मा सुराकीको नाममा गृहमन्त्रीले ६१ लाख, गृहसचिवले ५३ लाख, प्रहरी महानिरीक्षकले ३ लाख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले १ करोड ४० लाख खर्च गरेको महालेखा प्रतिवेदनले औंल्याएको छ । गत वर्ष सुराकीको नाममा २ करोड २८ लाख खर्च गरिएको थियो ।
अन्नपूर्णबाट

Logo