मकवानपुर
दुई भारतीय महिलालाई प्रहरीले अवैध लागुऔषध गाँजा सहित पक्राऊ गरेको छ । झण्डै पाँच लाख मूल्य बराबरको करिब साँढे ९२ किलो गाँजासहित भारतीय महिलाहरू शुक्रबार बिहान पक्राउ परेका हुन् ।
पक्राऊ पर्नेमा भारत मोतिहारी जिल्ला मधुर्वा गाउँ मोफस, छतौनी कमलकी ३५ वर्षीया सुमित्रादेवी सहनी र २५ वर्षीया रिन्कीदेवी रहेका छन् । उनीहरूलाई मकवानपुर प्रहरीले पूर्व–पश्चिम राजमार्गको मनहरी गाउँपालिका ९ स्थित रजैयाबाट पक्राउ गरेको हो ।
मनहरीबाट हेटौंडातर्फ आउन लागेको युपी २१ एएफ १८५४ नम्बरको भारतीय सफारी जीप रोकेर प्रहरीले खानतलासी गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए । उनका अनुसार जीपको विभिन्न भागमा फल्स बटम बनाएर प्लाष्टिकमा ¥यापिङ गरी ४३ पोका गाँजा लुकाएर राखिएको फेला पारेको जानकारी दिए ।
नागरिकबाट































प्रतिक्रिया