नयाँ बर्षको दिन (भोलि) नारायणगढ मुग्लिन सडकखण्ड खुल्ला गरिने भएको छ । हरेक दिन बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बन्द हुँदै आएको उक्त सडक खण्ड भोलि भने दिनभरी खुल्ला रहने जनाएको छ ।
कामदारहरुले पनि नयाँ बर्ष मनाउन लागेको र नयाँ बर्षको अबसरमा घुमफिरमा जानेलाई सहज होस् भनेर सडक खुला गर्न लागिएको आयोजनाले जनाएको छ । आगामी मे ३० तारेखसम्म आयोजनाको कार्यअबधि थप गरिएको थियो । हालसम्म ८८ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।































प्रतिक्रिया