काठमाडाैं । आम मानिसलाई बैंकिङ कारोबारमा बानी बसाउँदै लैजानुपर्ने समय । आर्थिक उपार्जन गर्न उद्यमशिलताको विकास गर्नुपर्ने धारणा जगाउनुपर्ने समय । अनि कमाउनुका साथै जोगाउन पनि प्रेरित गर्नुपर्ने समय । यस्तै समयमा पोखरामा खुल्छ क्षेत्रीयस्तरको सांग्रिला डेभलपमेन्ट बैंक ।
त्यसअघि नै नेपालगञ्जलाई आधार बनाएर कारोबार थालेको हुन्छ बागेश्वरी विकास बैंकले । आ–आफ्नो क्षेत्रमा आम नागरिकको विश्वास जित्दै अघि बढेको यी दुई क्षेत्रीय स्तरका विकास बैंक २०७१ असार ३१ गते एक हुन्छन् र बन्छ राष्ट्रिय स्तरको सांग्रिला डेभलपमेन्ट बैंक ।
‘स्थानीय विकासको आधार’ मूल नारा रहेको सांग्रिला डेभलपमेन्ट बैंक आज नेपालका ठूला विकास बैंकहरूमध्ये एक बनेको छ । ६४ करोड रुपैयाँ चुक्तापूँजीबाट शुरु भएको सांग्रिला डेभलपमेन्ट बैंकको यात्रा अहिले अझ विस्तार र फराकिलो बनेको छ । अहिले यस बैंकको चुक्तापूँजी ३ अरब ५५ करोड नाघिसकेको छ । २०७२ साल असारमा यस बैँकले १४ जिल्लाका आफ्ना २७ शाखाबाट ८ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ४४ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
अहिलेसम्म आउँदा बैंकको उपस्थिति ४६ जिल्लाका ८२ वटा स्थानीय तहमा पुगेको छ । यो विस्तारले गर्दा ग्रामीण नेपालका लाखौं मानिसहरूले पहिलोपटक नै बैंक खाता खोल्ने र ऋण लिने अवसर पाएका छन् । यो बैंकले हाल १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।
कुल निक्षेप ५४ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ भन्दा बढी रहेको सांग्रिला विकास बैंकले कर्जा प्रवाह ४३ अर्बभन्दा बढी पुगेको छ ।
कुल निक्षेप ५४ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ भन्दा बढी रहेको सांग्रिला विकास बैंकले कर्जा प्रवाह ४३ अर्बभन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्ममा सर्वाधिक नाफा वृद्धि गर्नेमा सांग्रिला डेभलपमेन्ट बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको नाफा ४६ दशमलव ५८ प्रतिशतले बढेर ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
बोनस वितरणमा पनि यो बैंकले लगानीकर्तालाई निराश बनाएको छैन । बैंकले यस आर्थिक बर्ष २०८२/८३ का लागि सेयरधनीका लागि जसमा ५ प्रतिशत बोनस सेयर र करसहित ५ दशमलव ३५ प्रतिशत नगद लाभां गरी १० दशमलव ३५ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । अर्थात् कुल ३६ करोड ८३ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।
सांंग्रिला डेभलपमेन्ट बैंकको निक्षेप कर्जा र कुल सम्पत्ति मात्रै नभएर खुद ब्याज आम्दानी र नाफा पनि उल्लेख्य बढेको छ । बैंकको कुल सम्पत्ति ९ अर्ब १६ करोड ७५ लाख ५५ हजार रुपैयाँबाट बढेर ६३ अर्ब ४१ करोड ८० लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ४१ करोड ५८ लाख रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड ९ लाख ३ हजार रुपैयाँ र खुद नाफा १७ करोड ८० लाख ३१ हजारबाट बढेर ५३ करोड ७० लाख ९२ हजार रुपैयाँ पुगेको हो ।
सांंग्रिला डेभलपमेन्ट बैंकको निक्षेप कर्जा र कुल सम्पत्ति मात्रै नभएर खुद ब्याज आम्दानी र नाफा पनि उल्लेख्य बढेको छ ।
काठमाडौंको बालुवाटारमा मुख्य कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण क्षेत्रका किसानदेखि शहरका उद्यमीसम्मलाई सस्तो र सहज बैंकिङ सेवा पुर्याउने मूल उदेश्य राखेको छ । निरन्तरको उकालो यात्रा गरिरहेको सांग्रिला डेभलपमेन्ट बैँकको यो सफलताको पछाडि ग्राहककेन्द्रित रणनीति र सहज तथा गुणस्तरीय सेवाको अवधारणा मुख्य रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले व्यक्तिगत, व्यावसायिक र डिजिटल सेवाको विस्तृत प्याकेज अघि सारेको छ । निक्षेपतर्फ बचत खाता, सावधिक निक्षेप र विशेष स्वर्णिम नारी बचत जस्ता खाता रहेका छन्, जसले महिलालाई आर्थिक सशक्तीकरण दिन्छ । ऋण सुविधामा व्यक्तिगत ऋण, घर तथा जग्गा ऋण, शिक्षा ऋण, गाडी ऋण, आवास ऋण र साना तथा मझौला उद्यम ऋणहरू समावेश छन्।
बाल भविष्य बचत जस्ता बालबालिका केन्द्रित उत्पादनले परिवारको भविष्य सुरक्षित बनाउँछ भने सेयर, सुरक्षा ऋणले लगानीकर्तालाई सहजता प्रदान गर्छ । अहिलेको डिजिटल युगमा क्यूआर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र विप्रेषण सेवा रेमिट्यान्सले ग्राहकहरूलाई घरमै बैंकिङ अनुभव दिन्छ। साथै बैंकले बचत खाता, कर्जा सुविधा, रेमिटान्स सेवा, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग लगायतका विविध वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले व्यक्तिगत, व्यावसायिक र डिजिटल सेवाको विस्तृत प्याकेज अघि सारेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ बैंकको सेवालाई कारोबारमा मात्र सीमित नराखी ग्राहकहरूसँग बलियो सम्बन्ध निर्माण गर्ने र वित्तीय समृद्धि प्रवर्धन गर्ने रणनीतिका साथ अघि बढिरहेको बताउँछन् । उनी भन्छन्, ‘उत्कृष्टता, विश्वास र वित्तीय सुशासनप्रतिको हाम्रो प्रतिबद्धता अटल छ । बैंकिङ् भनेको केवल कारोबार मात्र होइन यो त सम्बन्ध निर्माण गर्ने र वित्तीय समृद्धि प्रवर्धन गर्ने विषय हो भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौँ ।’
यस्तै, बैंकको सञ्चालक समितिका अध्यक्ष उज्जवल सत्याल पनि आम ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय बैंकिङ् सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको उल्लेख गर्दै बैंकको यही अटुट प्रतिवद्धताले सफलताको यात्रामा अग्रसर बनाइरहेको बताउँछन् ।
बैंकले आर्थिक सफलतासँगै सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै जोड दिएको देखिन्छ । बाढी पहिरो प्रभावितलाई न्यानो कपडा वितरण, फलफुलका विरुवा रोपणदेखि साइकल र्याली, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई अत्यावश्यकीय सामग्री हस्तान्तरण, जस्ता धेरै क्षेत्रमा बैंकले सहयोग उपलब्ध गराउँदै आएको छ ।































प्रतिक्रिया