साढे ३३ किलो सुन तस्करी काण्डले एकपछि अर्को पहरो थर्काउने क्रम जारी छ । सुन तस्करी र भरिया हत्या प्रकरणमा पक्राउ परेकामध्ये प्रेमराज चौधरीले प्रहरी हिरासतमा आत्महत्या गरेका छन् ।
महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमा रहेका उनले गएराति आत्महत्या गरेका हुन्। उनले पासो लगाएर बाथरूममा आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ । चौधरीलाई बिहिबार नियन्त्रणमा लिएको थियो । उनी नेपाल वायु सेवा निगमका कर्मचारी भएको बताइएको छ।
गत माघ ७ मा हवाईमार्ग हुँदै भित्रिएको साढे ३३ किलो सुन गायब भएपछि तस्कर समूहले उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । लगतै गृह मन्त्रालयले बिशेष छानबिन समिती गठन गरेर छानबिन गरिरहेको छ ।
अहिलेसम्म १९ जना पक्राउ परिसकेका छन् ।































प्रतिक्रिया