नयाँदिल्ली

प्रतिवेदनलाई निर्णायक बनाउने प्रक्रियामा रहेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को संयुक्त बैठक बिहीबार देखि दिल्लीमा शुरु भएको छ । "/>

ईजीपी बैठक हिजो देखि नयाँदिल्लीमा शुरु

ईजीपी बैठक हिजो देखि नयाँदिल्लीमा शुरु

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली

प्रतिवेदनलाई निर्णायक बनाउने प्रक्रियामा रहेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को संयुक्त बैठक बिहीबार देखि दिल्लीमा शुरु भएको छ । नेपाल–भारतबीच भएका सबै खाले सन्धि–सम्झौताको पुनरावलोकनको विषयमा दुवै सरकारलाई सुझाव दिन गठित समूहको आठौं बैठक अलिक विशेष भएको छ ।

भर्खरै सम्पन्न नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण क्रममा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समूहको सुझाव प्रतिवेदनमा सकारात्मक हुने बताएसँगै समूहको भूमिका पनि ओजिलो हुँदै आएको छ । दुवै सरकार प्रमुखले ईपीजीको कार्यप्रगति सन्तोषजनक रहेको अभिव्यक्ति दिएसँगै समूहका दुवै पक्ष उत्साही भएका छन् ।

काठमाडौंमा बसेको सातौं बैठकमा दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि आवश्यक बुँदा सहितको प्रतिवेदनको मस्यौदा आदानप्रदान भइसकेको छ । यो बैठकमा भारतीय पक्षले नेपाली पक्षको प्रतिवेदनमा सुझाव दिने बुझिएको छ । नयाँदिल्लीमा हुने दुई दिने बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिने र आगामी बैठकमा यसलाई टुंग्याउने गरी काम भइरहेको भारतीय पक्षका एक सदस्यले बताए । उनले भने, ‘मस्यौदा प्रतिवेदनलाई निर्णायक बनाउने गरी आठौं बैठक बस्दै छ ।’

उनले भने, ‘१९५० को सन्धिमा भएका केही विषयमा सहमति हुन बाँकी छ । यो बैठकमा टुंग्याउने गरी काम भइरहेको छ । प्रतिवेदनलाई निर्णायक बनाउने गरी नै आठौं बैठक बस्दै छ ।’ बैठककै सुझावलाई पर्खने भन्दै प्रधानमन्त्री ओलीको भ्रमण क्रममा १९५० को शान्ति तथा मैत्री सन्धिको विषयले प्रवेश नै पाएन । सीमा लगायत मुद्दा छलफल नै भएनन् ।
अन्नपूर्णबाट

Logo