काठमाडौं। नेपालका लागि अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्रा.लि.ले क्रिसमस र नयाँ वर्षको अवसरमा “जीकर एक्स नाउ ओर नेभर” अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत, सामान्य मूल्य रु ८४,९९,००० रहेको जीकर अब रु ६४,९९,००० मा खरिद गर्न सकिनेछ। एसयुभी भोल्भो आइएक्स३० सँग साझेदारीमा विकसित जीएमए२ प्लेटफर्ममा निर्माण गरिएको छ।
यसका विशेषताहरुमा २०० किलोवाट मोटर, ३४३ न्यूटन–मिटर टर्क, ०–१०० किमि र घण्टा ५.६ सेकेन्डमा गुड्न सकिन्छ । मिनिमलिस्ट इन्टेरियर, फ्रेमलेस ढोका, १४.६ इन्च केन्द्रीय स्क्रिन र १३ स्पिकर यामाहा साउन्ड सिस्टम यसमा सुविधा छन् । यस्तै
५–स्टार यूरो एनक्याप र ग्लोबल एनक्याप, ७ एयरब्याग, लेवल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स रहेका छन् । १९१ मि.मि. र ग्राउन्ड क्लियरेन्स, ६६ किलोवाट ब्याट्री, ४४० किमी रेंज रहेका छन् ।
पायोनियर मोटो कर्पले ग्राहकहरूलाई लक्जरी इलेक्ट्रिक मोबिलिटी अनुभव गराउन “नाउ ओर नेभर” अवसर दिएको जनाएको छ। इच्छुक ग्राहकहरूले नजिकैको जीकर शोरुम वा कम्पनीको वेबसाइटमार्फत टेस्ट ड्राइभ बुक गर्न सक्नेछन्।





























प्रतिक्रिया