चलचित्र ‘झरी पछिको ईन्द्रेणी’ सामाजिक सन्देश र मनोरञ्जनको उत्कृष्ट मिश्रण

चलचित्र ‘झरी पछिको ईन्द्रेणी’ सामाजिक सन्देश र मनोरञ्जनको उत्कृष्ट मिश्रण


काठमाडौँ। नयाँ नेपाली चलचित्र ‘झरी पछिको ईन्द्रेणी’ हलमा रिलिज भएको छ। जसले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिएको छ । चलचित्रले भ्रष्टाचार, जिम्मेवार सुरक्षा निकायको रणनीति, मिडिया ट्रायल र सामाजिक सञ्जाल दुरुपयोगजस्ता समसामयिक विषयहरूलाई पर्दामा ल्याएको छ ।

चलचित्रमा गणेश कार्कीको कथा शक्तिशाली छ भने अर्जुन घिमिरे (पाँडे) को निर्देशनले कथा अझ प्रभावकारी बनाएको छ । पाँडेको क्यारेक्टरमा दमदार अभिनय देखाइएको छ । साथै, गणेश उप्रेतीको कमव्याक र रमेश उप्रेती, दीपाश्री, सरिता गिरी, निर्मल शर्मा, अन्जु महर्जन, प्रकाश घिमिरे, प्रियना आचार्य, देशभक्त खनाल, लक्षणा राई, विमोचन दवाडी, दीप्सन चिलवाल लगायतका कलाकारहरूको अभिनयले चलचित्रको आकर्षण बढाएको छ ।

चलचित्रले दर्शकलाई एउटा ईमान्दार कर्मचारीलाई फँसाउने भ्रष्ट प्रणाली, विदेश पठाउने सन्तानसँग सम्बन्धित अभिभावकीय निर्णय, सामाजिक सञ्जालको दुरुपयोगबाट निजि जीवनको सुरक्षा जस्ता महत्वपूर्ण पाठ सिकाउने प्रयास गरेको छ ।

चलचित्रमा एउटा ईमान्दार कर्मचारीलाई फँसाउन भ्रष्ट कर्मचारीको झुण्डले के-के सम्म गर्न सक्छ ? भन्नेकुरा लाई शसक्त रुपमा प्रस्तुत गरिएको छ । सन्तानलाई विदेश पठाउनुअघि अविभावकले कुन-कुन कुरामा ध्यान दिनेकुराहरु समेत तर्कसंगत रुपमा यस चलचित्र बाट लिन सकिन्छ । सामाजिक विषयबस्तुमा आधारित यस चलचित्रमा जिम्मेवार सुरक्षा निकायले अपराधीसम्म पुग्न कस्ता कस्ता ‘ट्रिक’हरु अपनाउँछ ? भन्ने कुरा दर्शकले सजिलै बुझ्न सक्छन् । नीजि जीवनमा आक्रमण बढिरहेका बेला सामाजिक सन्जालको दुरुपयोगको प्रतिरक्षा कसरी गर्ने भन्ने कुरा सिक्न सिकाउन यस चलचित्र सफल भएको दर्शकहरु बताउँछन् । यस्तै एउटा व्यक्तिमाथी हुने अनावश्यक मिडिया ट्रायलबाट सिंगो परिवार र समाज कसरी पीडित हुन्छ? भन्ने कुरालाई मनोरञ्जनका माध्ययममार्फत अनुभव समेत यस चलचित्र बाट गर्न सकिन्छ ।

निर्देशक अर्जुन घिमिरेले केन्द्रविन्दुलाई भने , “हामीले चलचित्रमार्फत केवल मनोरञ्जन दिन चाहेका छैनौँ, दर्शकले समाजमा भइरहेका समस्याहरूलाई बुझ्न र आफ्नै अनुभवमा लागू गर्न सकून् भन्ने उद्देश्य राखेका छौँ।” चलचित्र रिलिजसँगै हलमा दर्शकको उत्साह उच्च छ । दर्शकहरुले चलचित्रमा कथानकको गहिराई, अभिनयको प्रखरता र सामाजिक सन्देशका कारण ‘झरी पछिको ईन्द्रेणी’ नेपाली चलचित्र एउटा पृथक भएको बताएका छन् ।

चलचित्र हलमा हेरेर मनोरञ्जन र शिक्षा दुवै अनुभव गर्न चाहने दर्शकले यसलाई प्राथमिकता दिन सक्नेछन्। चलचित्र प्रदर्शन भएसँगै हलहरुमा दर्शकहरु खचाखच् भएका छन् ।

Skip This
Skip This
Logo