विराटनगर
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा यस विषयमा कुरा नउठ्नुले संविधान सर्वस्वीकार्य बनेको प्रष्ट पारे ।
नेता गच्छदारले आगामी वैशाख ७ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट पार्टीमा खाली रहेका केन्द्रीय पदाधिकारी चुनिने बताए । उनले विगतमा लोकतान्त्रिक फोरमसँग भएको सहमति अनुसार कार्यकर्तालाई कांग्रेसमा सम्मानजनक सहभागिता हुने बताए ।
रासस































प्रतिक्रिया