काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत महिना भएको जहाज दुर्घटनामा दुई मिनेट भित्रै अग्नि नियन्त्रक तथा आकस्मिक सेवा दुर्घटनास्थल पुगेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । "/>

युएस बाङ्ला जहाज दुर्घटना प्रारम्भिक प्रतिवेदन प्रस्तुत

युएस बाङ्ला जहाज दुर्घटना प्रारम्भिक प्रतिवेदन प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत महिना भएको जहाज दुर्घटनामा दुई मिनेट भित्रै अग्नि नियन्त्रक तथा आकस्मिक सेवा दुर्घटनास्थल पुगेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । प्रारम्भिक प्रतिवेदन बुझाउन एक महिनाको समयसीमा पाएको आयोगले सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन अनुसार उक्त दुर्घटनापछि अग्नि नियन्त्रण गर्न चारवटा ठूला फोम टेन्डर (आगो निभाउन प्रयोग गरिने लिक्विड बोक्ने ठूला सवारीसाधन, यसको क्षमता १८ हजार लिटर सम्म हुन्छ) परिचालन गरिएको थियो । त्यस बाहेक थप एक मध्यम क्षमताको फोम टेन्डर र दुईवटा पानी बोक्ने ट्यांकर मार्फत प्रभावकारी रूपमा आगो नियन्त्रण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

२८ फागुनमा बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस बाङ्ला एयरलाइन्सको कलसाइन बाङ्ला स्टार २११ जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका ४ सदस्य सहित ५१ जनाको निधन भएको थियो । प्रारम्भिक प्रतिवेदन अनुसार दुर्घटनाको कारण अन्तिम प्रतिवेदनबाट खुल्नेछ । यस प्रतिवेदनमा भने दुर्घटनाको अवस्थिति, उक्त दिनको मौसमी अवस्था, कन्ट्रोल टावर र पाइलट बीचको कुराकानी, उपकरणहरूको अवस्था, दुर्घटनाबाट भएको मानवीय तथा भौतिक क्षति जस्ता पक्ष उल्लेख गरिएको छ ।

Skip This
Skip This
Logo