काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बर्खा अगावै भूकम्पपीडितलाई ओतको व्यवस्था गर्न नसक्ने भएको छ । "/>

आगामी वर्षायाममा पनि आधा भन्दा वढी भूकम्पपीडित टहरामै

आगामी वर्षायाममा पनि आधा भन्दा वढी भूकम्पपीडित टहरामै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बर्खा अगावै भूकम्पपीडितलाई ओतको व्यवस्था गर्न नसक्ने भएको छ । यसअघि वर्षा सिजनमै ओतको व्यवस्था गर्ने बताए पनि त्यो सम्भव नहुने भएको छ । अधिकांश लाभग्राहीले अझै सम्म पनि पुननिर्माणकार्य सम्पन्न नगरेको हुनाले यही बर्खा अगावै सवै पीडितलाई ओतको व्यवस्था गर्न सम्भव नदेखिएको प्राधिकरणले जनाएको छ ।

पुननिर्माणको कार्यलाई तीव्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा परेका भूकम्पपीडितले तेस्रो किस्ता लिइसक्नु पर्ने म्याद ०७५ पुष मसान्तसम्म निर्धारण गरेको छ । यसअघि तोकिएको समयसीमा परिमार्जन गर्दै प्राधिकरणले नयाँ समयतालिका तय गरेको हो ।

प्राधिकरणको निर्देशक समितिको बैठकले दोस्रो किस्ता लिने चैत सम्मको समयलाई बढाएर ०७५ असार मसान्त सम्म र ०७५ असारसम्म तेस्रो किस्ता लिइसक्नु पर्ने म्यादलाई ०७५ पुष मसान्त सम्म थप गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पीडितको हकहितका लागि पूर्वनिर्धारित समयसीमालाई केही लचिलो बनाइएको बताए । पूर्वनिर्धारित समयसीमा अनुसार काम गर्न अधिकांश लाभग्राहीलाई समस्या परेकाले नयाँ समयसीमा निर्धारण गरिएको उनको भनार्इ छ ।

प्राधिकरण अनुसार कुल ९ लाख ९६ हजार ५८२ घरधुरीको सर्वेक्षण भएकोमा ७ लाख ६७ हजार ७०५ जना कुल लाभग्राहीको सूचीमा परेकोमा छन् । त्यसमध्ये ६ लाख ९१ हजार ७०३ परिवारले पहिलो किस्ता बुझेका छन् । यस्तै २ लाख ९२ हजार ५९५ ले दोस्रो किस्ता प्राप्त गरेका छन् । प्राधिकरणको तथ्यांक अनुसार ६८ हजार १६७ लाभग्राहीले तेस्रो किस्ता प्राप्त गरेका छन् ।
राजधानीबाट

 

Logo