भक्तपुर

नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रा आज पहिलो दिन तौमढीबाट भैरवको रथ तानेर शुरु भएको छ । "/>

आज देखि भक्तपुरको बिस्केट जात्रा शुरु

आज देखि भक्तपुरको बिस्केट जात्रा शुरु

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रा आज पहिलो दिन तौमढीबाट भैरवको रथ तानेर शुरु भएको छ । तौमढी अर्थात पाँचतले मन्दिर अगाडिबाट आज साँझबाट भैरवको रथ तानेर जात्रा शुरु भएको हो ।

तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले रथलाई आआफ्नो क्षेत्रमा लैजान रथ तान्ने गर्दछन् । रथलाई मध्यराति सम्म पनि तानेर पुनः गहिटी ल्याएर राख्ने र त्यसपछि रथ तान्न रोक्ने परम्परा छ । तान्त्रिक विधि अनुसार चल्ने ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेकोे यो जात्रा नेपाल संवत २६८ अर्थात् लिच्छविकाल भन्दा अगाडि देखि मनाइँदै आएको र मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ ।

त्यसपछि नेपाल संवत ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाए अनुसार नै अहिले सम्म त्यही प्रचलन चल्दै आएको छ । प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधि अनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ । बिस्केट जात्रामै चैत्र ३० गते भक्तपुरको भेलुखेलमा लिङ्गो उठाउने र वैशाख १ गते दिनभर जात्रा सञ्चालन गरी साँझ ढाल्ने गरिन्छ ।
रासस

Logo