काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
पार्टीले झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेपनि उनले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् । यो जानकारी उनले बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गराएका हुन् ।
गत निर्वाचनमा एमालेका उम्मेदवार अग्नि खरेललाई हराउँदै शर्माले पहिलोपटक संसदीय यात्रा तय गरेका थिए । त्यतिबेला माओवादीसँग गठबन्धन गरेका शर्मा ३९ हजार ६२४ मत पाएर विजयी भएका थिए भने खरेलले २५ हजार ३४९ मत पाएका थिए । यसैगरी रास्वपाका उम्मेदवारले ८ हजार मत पाएका थिए । अबको निर्वाचनमा माओवादी, कांग्रेसका छुट्टाछुट्टै उम्मेदवार बन्नेछन् भने चुनावी जोडघटाउ थप रोचक हुने देखिन्छ ।
यसैबीच महामन्त्री शर्माले यस्तो निर्णय लिएका हुन् ।































प्रतिक्रिया