निर्वाचन गर्दैगर्दा भूगोलको मौसमलाई ख्याल गर्नुपर्छ -पूर्वप्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन गर्दैगर्दा भूगोलको मौसमलाई ख्याल गर्नुपर्छ -पूर्वप्रमुख निर्वाचन आयुक्त थपलिया

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन गर्दै गर्दा भूगोलको मौसमलाई ख्याल गर्नुपर्ने बताएका छन् ।

बिहीबार ‘सेन्टर फर पोलिसी रिसर्च’ले काठमाडौंमा आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । २१ फागुनको चुनावमा हिमपातका कारणले हिमाी क्षेत्रमा मतदान गराउन अप्ठ्यारो हुन सक्ने भएकाले त्यस क्षेत्रको सन्दर्भमा गम्भीर हुनुपर्ने थपलियाको सुझाव छ । त्यस्तै विकल्पमा के गर्न सकिन्छ त ? भनी गरिएको प्रश्नमा थपलियाले दुई चरणमा चुनाव गर्न सकिने उपाय सुझाएका हुन् ।

हिमाली क्षेत्रमा हिँउ पर्ने, घाम नलाग्ने हुँदा चिसोले निर्वाचन गर्न अप्ठ्यारो हुने भएकाले सहज हुने ठाउँमा २१ फागुनमा र असहज हुने ठाउँमा अर्को पटक चुनाव गर्न सकिने उनले बताएका छन् ।

त्यस्तै, उनले निर्वाचनमा मिडिया अर्थात् चौथो अंगको महत्वपूर्ण भूमिका हुने बताउँदै पत्रकारहरूले कस्ता खालका समाचार सम्प्रेषण गर्दा उचित हुन्छ भन्ने बारे विस्तृत मार्गदर्शन गरेका थिए ।

थपलियाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन पत्रकारहरूले विगतका निर्वाचन र वर्तमान निर्वाचनबीच तुलनात्मक समाचार सम्प्रेषण गर्नुपर्ने जोड दिए । उनले मतदान स्थलहरूको अवस्था, ती स्थलहरू मतदाताका लागि कति टाढा छन् वा सहज छन् भन्ने कुरा, निर्वाचन आचारसंहिता तथा खर्चको अनुगमनजस्ता विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन् ।

यसैगरी, राजनीतिक दलहरूको घोषणापत्रमा अघिल्ला निर्वाचनमा के–के वाचा गरिएका थिए र अहिले के भनिएको छ भन्ने तुलना, मतदाताले आफ्नो मत आफैं हाल्न पाउने व्यवस्था र गोपनीयताको कुरा पनि समाचारमा समेट्नुपर्ने उनको भनाई थियो ।

थपलियाले वर्तमान निर्वाचनका मुख्य मुद्दाहरू सुशासन, समावेशिता, अर्थतन्त्रको अवस्था, शिक्षा र स्वास्थ्यजस्ता जनजीविकासँग जोडिएका विषयहरूलाई केन्द्रमा राखेर अनुसन्धानात्मक र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।

उनले निर्वाचनलाई लोकतन्त्रको महोत्सवका रूपमा स्थापित गर्न र मतदातामा जागरण ल्याउन सन्चारकर्मीहरुको भूमिका अपरिहार्य रहेको उल्लेख गरेका छन् । कार्यक्रममा सहभागी पत्रकारहरूले पनि यस्ता विमर्शले निर्वाचन रिपोर्टिङलाई थप जिम्मेवार बनाउने धारणा राखेका थिए ।

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा यस्ता अन्तरक्रियाले निर्वाचन प्रक्रियालाई पारदर्शी र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo