सुर्खेत
संसद बैठक सुरु भएको करिब दुई महिनापछि कर्णाली प्रदेशका सांसदको औपचारिक पोसाक निर्धारण गरिएको छ । संसद्को कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि पोेसाक निर्धारण गरेको हो । अब कर्णाली प्रदेशका सांसद तोकिएको पोसाकमा संसद बैठकमा सहभागी हुनु पर्नेछ ।
संसदमा पुरुष र महिला सांसदका लागि पोसाकमा कोट तोकिएको छ । यस्तै पुरुष सांसदका लागि भने भादगाउँले कालोटोपी अनिवार्य गरिएको छ । यसअघि संसद्ले कार्यव्यवस्था परामर्श समितिले तोकेको पोसाकलाई अपनाउने निर्णय गरेको थियो । यस अनुसार समितिले आइतबार सांसदको पोसाकबारे टुंगो लगाएको हो । महिला सांसदका लागि कोट निर्धारण गरिएको छ भने ढाकाको धोती वा सारी विकल्पका रूपमा तोकिएको छ । यस्तै पुरुष सांसदका लागि कोट र भादगाउँले कालोटोपी अनिवार्य गरिएको छ ।
पुरुष सांसदको हकमा दौरासुरुवाल र पाइन्टलाई पनि विकल्पमा दिइएको छ । यस्तै महिला सांसदको हकमा चोली र पाइन्ट विकल्पका रूपमा तोकिएको छ । समितिले निर्धारण गरेको पोसाकका आधारमा सांसदहरू संसद बैठकमा सहभागी हुनु पर्नेछ । कोटको रङ भने खैरो र हल्का उज्यालो हुने संसद सचिवालयले जानकारी दिएको छ । कार्यव्यवस्था परामर्श समितिले पोसाकको टुंगो लगाएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया