जनकपुरधाम
प्रदेशसभा बैठकमा माओवादी सांसद जगतप्रसाद यादवले नेपाली भाषालाई खस–गोर्खाली भाषा र प्रधानमन्त्री केपी ओली संघीयता विरोधी भएको आरोप लगाएपछि हंगामा भएको छ । "/>

प्रदेश नं.२ को वैठकः प्रधानमन्त्रीलाई संघीयता विरोधी भएको आरोप लगाएपछि…!

प्रदेश नं.२ को वैठकः प्रधानमन्त्रीलाई संघीयता विरोधी भएको आरोप लगाएपछि…!

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम
प्रदेशसभा बैठकमा माओवादी सांसद जगतप्रसाद यादवले नेपाली भाषालाई खस–गोर्खाली भाषा र प्रधानमन्त्री केपी ओली संघीयता विरोधी भएको आरोप लगाएपछि हंगामा भएको छ । आइतबार दिउँसो बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर माओवादी सांसद यादवले संघीयतालाई असफल पार्न प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई असफल पार्न खोजेको आरोप लगाए । ‘हामी जनताबाट निर्वाचित जनप्रतिनिधिलाई होच्याएर कर्मचारीलाई शक्तिशाली बनाइएको छ’ उनले भने, ‘विकास र जनताको हितमा काम गर्न नदिन प्रदेश सरकारलाई सुनियोजित रुपमा कमजोर बनाउने ओलीको षडयन्त्र विरुद्ध आन्दोलन गर्छौं ।’

खस–गोर्खाली भाषामा संसद चल्न नदिने अडान लिँदै यादवले अबिलम्ब स्थानीय भाषालाई कामकाजको भाषा तोक्न प्रदेश सरकारसँग माग गरे । उनले भने, ‘म बुझिरहेको छु ओली सरकारले प्रदेश सरकारलाई साथ दिइरहेको छैन । तर प्रदेश सरकारको शून्य गतिशिलिताले जनतामा नैराश्यता बढ्ने सम्भावनालाई अध्ययनगरी मुख्यमन्त्री लगायत मन्त्रिपरिषद्ले तदारुकता देखाउनुपर्छ ।’

बैठकमा राजपा महासचिव मनिष सुमनले संघीयता प्राप्तीको लागि भएको संघर्षमा आन्दोलन विरोधी चरित्र नै आज मुलुकको प्रधानमन्त्री रहेको उल्लेख गर्दै उनले संघीयतालाई सफल हुन नदिन हरसम्भव दुष्प्रयास गर्ने आरोप लगाए । ‘प्रादेशिक अधिकारलाई केन्द्रबाटै कुण्ठित गर्ने ओलीलाई खबरदारी गर्दै प्रदेश सरकारले देखाएको दृढता प्रति धन्यवाद दिन्छु’ उनले भने । सुमनले प्रधानमन्त्री ओलीलाई संघीयता विरोधी चित्रण गरिरहँदा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले उठेर नियमापति जनाए ।
नागरिकबाट

Skip This
Skip This
Logo