देउवा, ओली र प्रचण्डसँग भेटवार्ता गर्दै सञ्चारमन्त्री खरेल

देउवा, ओली र प्रचण्डसँग भेटवार्ता गर्दै सञ्चारमन्त्री खरेल

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले आज तीन प्रमुख राजनीति दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन् । सरकारका प्रवक्तासमेत रहेका खरेलले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवासमा भेटवार्ता गर्दै छन् ।
त्यस्तै आजै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग उनको भेट हुनेछ । मन्त्री खरेल ओलीनिवास गुण्डु जाने कार्यक्रम रहेको प्रेस संयोजक सीबी अधिकारीले जानकारी दिए । मन्त्री खरेल आजै अपराह्न १२ बजे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न दाहालनिवास जाने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार राजनीतिक घटनाक्रमका बारेमा जानकारी लिन मन्त्री खरेलले तीन शीर्ष नेतासँग भेटवार्ता गर्न लागेका हुन् ।

Skip This
Skip This
Logo