कप्तान रोहित पौडेल बने ओमोडा र जेकोको ब्रान्ड एम्बेसडर

कप्तान रोहित पौडेल बने ओमोडा र जेकोको ब्रान्ड एम्बेसडर

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा आधिकारिक सम्झौता गरेको घोषणा गरेको छ।

भव्य उत्सव र जेको जे५ हस्तान्तरण कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो, जहाँ ब्रान्डका पुराना एम्बेसडर तथा क्रिकेट स्टार दिपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरिएको थियो।

यो कार्यक्रम नेपाल प्रिमियर लिग सिजन २ को सफलतापूर्वक समापन पछिको एक महत्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको छ, जहाँ रोहित पौडेलले लुम्बिनी लायन्सलाई ऐतिहासिक च्याम्पियनसिप उपाधि दिलाएका थिए। प्रतियोगिताभरिको उनको असाधारण अलराउन्ड प्रदर्शनका लागि रोहितलाई आधिकारिक रूपमा इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्टू घोषित गरिएको थियो।

यस उपलब्धिको कदर गर्दै एसपीजी अटोमोबाइल्सले रोहितलाई बहुप्रतिक्षित जेको जे५ इलेक्ट्रिक कार प्रदान गरेको छ । खेलकुदमा खेलाडीको योगदानलाई थप सम्मान गर्न, एसपीजी अटोमोबाइल्सले उपहार स्वरूप दिइएको उक्त गाडीमा लाग्ने सम्पूर्ण विन्डफल ट्याक्स आफैले बेहोर्ने घोषणा गरेको छ, जसले गर्दा च्याम्पियनले कुनै आर्थिक भार बिना आफ्नो पुरस्कार प्राप्त गर्न सक्नेछ।

उत्कृष्टताको विरासत ‘ड्रिभन बाई च्याम्पियन्स’ भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा दिपेन्द्र सिंह ऐरीसँगको निरन्तर राझेदारीको पनि उत्सव मनाइएको थियो। दिपेन्द्र एनपीएलको पहिलो सिजनमा ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट’ चुनिएदेखि नै ब्रान्डका लागि एक बलियो स्तम्भको रूपमा रहँदै आएका छन्।

‘रोहित र दिपेन्द्र दुवैले लचकता, नवीनता र नेतृत्वको भावना बोकेका छन् जुन ओमोडा र जेकोको मुख्य विशेषता हो,’ एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले भने, ‘नेपाली क्रिकेटका उत्कृष्ट प्रतिभाहरूलाई सबैभन्दा उन्नत विद्‌युतीय सवारी प्रविधिसँग जोडेर हामी साँच्चै च्याम्पियनहरूद्वारा सञ्चालि भएका छौं।’

कप्तान पौडेलले जितेको जेको जे५ एक प्रिमियम इलेक्ट्रिक एसयुभी हो, जसले विलासिता र अफ रोड क्षमतालाई पूर्ण रूपमा मिलाएको छ। यसमा विशाल हाई डेफिनिसन इन्फोटेनमेन्ट सिस्टमसहितको स्मार्ट ककपिट रहेको छ, जुन शून्य उत्सर्जन दक्षता कायम राख्दै नेपालको विविध भू-बनोटमा गुड्नका लागि डिजाइन गरिएको हो। जेको जे५ मा ४६१ किलोमिटरको रेन्ज, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, स्पेयर टायर, १५५ किलोवाट मोटर पावर र ४८८ लिटरको बुट स्पेस जस्ता विशेषताहरू रहेका छन्।

Logo